दुई क्षेत्रबाट जितेका राहुल गान्धीले वायनाड छाड्ने, उपचुनावमा बहिनी प्रीयंकालाई उम्मेदवार बनाउने घोषणा – Nepal Press

दुई क्षेत्रबाट जितेका राहुल गान्धीले वायनाड छाड्ने, उपचुनावमा बहिनी प्रीयंकालाई उम्मेदवार बनाउने घोषणा

काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीले प्रियंका गान्धीले चुनाव लड्ने र जित्ने दाबी गरेका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार केरल राज्यको वायानाड चुनाव क्षेत्रबाट प्रियंकाले चुनाव लड्ने भन्दै राहुलले भनेका छन्, ‘वायानाड क्षेत्रका जनताले आफ्ना दुई सांसदको रुपमा एक मलाइ र अर्को प्रियंकालाई लिने गरेका छन् । मेरो घरको ढोका वायानाडका जनताको लागि सधैँ खुला छ । मलाई वायानाडका हरेक जनताको माया लाग्छ ।’

केरलको वायानाड र उत्तर प्रदेशको राईबरेली दुवैबाट लोकसभा चुनाव जितेका राहुलले केरलको चुनाव क्षेत्र छोड्ने भएका छन् । आफूले छोडेको क्षेत्र उनले बैनी प्रियंका गान्धीलाई दिने भएका छन् ।

परिवारवादको आरोप लागेको गान्धी परिवारलाई यो सिट प्रकरणले पनि फेरि बीजेपीलाई परिवारवादको आरोप लाउने बाटो खुला गरिदिएको छ । तर, गान्धी परिवारको बलियो पकड भएको केरलको चुनाव क्षेत्र भएकोले बीजेपीलाई सिट जित्न भने सहज नभएको भारतीय मिडियाहरुले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर