नगद भुक्तानी र अनलाइन कारोबारको सीमा हेरफेर गर्न अर्थमन्त्रीलाई सुझाव – Nepal Press

नगद भुक्तानी र अनलाइन कारोबारको सीमा हेरफेर गर्न अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । सरकालाई नगद भुक्तानी र ccको सिमा बढाउन एउटा अध्ययन समितिले सुझाव दिएको छ । उच्चस्तरीय कर सुझाव समितिले हाल भइरहेको १० लाख रुपैयाँसम्म नगद भुक्तानीलाई संशोधन गरी ५ लाखमा झार्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएको हो ।

साथै मोबाइल वालेट तथा फोन पे आदिको विद्युतीय माध्यमबाट हुने व्यावसायिक कारोबारलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउन पनि भनिएको छ । मोबाइल वालेट तथा फोन पेको विद्युतीय कारोबारको सिमा बढाउन अर्थमन्त्रीलाई सुझाव दिएको छ ।

हाल यसरी भुक्तानी गर्न मिल्ने मासिक सिमा ३ लाख रुपैयाँ रहेको छ । विद्युतीय भुक्तानीलाई बढावा दिन नगद भुक्तानी गर्नेलाई भन्दा विद्युतीय भुक्तानी गर्नेलाई केही सहुलियत तथा छुट दिन भनिएको छ । नगद छुटको रुपमा ग्राहक वा करदाताले भुक्तान गरेकै रकमबाट केही रकम फिर्ता हुने व्यवस्था मिलाउन पनि भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर