रक्षामन्त्री र अन्तरिक्ष कार्यक्रम प्रमुख लिएर उत्तर कोरिया जाँदै पुटिनः के हुँदैछ भ्रमणमा ? – Nepal Press

रक्षामन्त्री र अन्तरिक्ष कार्यक्रम प्रमुख लिएर उत्तर कोरिया जाँदै पुटिनः के हुँदैछ भ्रमणमा ?

काठमाडौं । आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विदेशमन्त्री, रक्षामन्त्री, अन्तरिक्ष कार्यक्रम प्रमुख लगायतका अनुहारहरु लिएर उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले भ्रमणमा विदेशमन्त्री सेर्गी ल्याभ्रोब, प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभ, रक्षामन्त्री आन्द्रो बेलौसोभ, स्वाथ्यमन्त्री मिखाइल मुरास्को, यात्रायात्रमन्त्री रोमन स्तारोभोएत, रुसी रेलवे प्रमुख ओलेग बेलोसयोरोभ र रुसी अन्तरिक्ष कार्यक्रम प्रमुख युरी बोरिसोभ छन् ।

भ्रमण भन्दा अगाडि उत्तर कोरियाको अखबारमा पुटिनले आलेख लेखेका छन् । उत्तर कोरियाली अखबार रोदोङ सिनमुनमा लेख लेख्दै पुटिनले पश्चिमा नाकाबन्दीले प्रभाव नपार्ने खालको व्यापार र सुरक्षा प्रबन्ध बनाउने खालको तयारी गर्न भ्रमणमा वार्ता हुने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विश्वमा अझ धेरै लोकतन्त्र र स्थायित्व बनाउनको लागि रुस र उत्तर कोरियाले वैकल्पिक व्यापार र आपसि साझेदारीका संयन्त्रहरु बनाउनेछन् जसमा पश्चिमा देशहरुको नियन्त्रण हुनेछैन ।’

रुस र उत्तर कोरियाको प्राज्ञिकदेखि पर्यटनसम्मका विभिन्न कार्यक्रमहरु ल्याएर दुई देशका नागरिकहरुको आदानप्रदान गर्ने पनि पुटिनले अखबारको आलेखमा उल्लेख गरेको आरटीले लेखेको छ । यस्तै आलेखमा पुटिनले सन १९४५ मा जापानी उपनिवेशबाट कोरियालीलाई मुक्त गराउने सोभियत संघ भएको तथा उत्तर कोरियालाई देशको मान्यता प्रदान गर्ने प्रथम राजधानी पनि मस्को नै भएको बताएका छन् ।

अमेरिकाको साथमा दक्षिण एसियाले गरेको सन १९५० देखि सन १९५३ सम्मको युद्धपछिको पुनःनिर्माणमा पनि सोभियत संघले नै सहयोग गरेको पुटिले लेखेका छन् । पुटिनले उत्तर कोरिया र त्यो देशका नायक नागरिकहरुलाई उनीहरुका दुस्मनसँग आफ्नो स्वतन्त्रता, पहिचान र विकासे छनौटको पक्षमा लड्न सहयोग गर्ने पुटिनले लेखेका छन् ।

वर्तमान राष्ट्रपति किम जोङ उनका पीता किम जोङ इलको सत्ताको समयमा सन २००० को सेप्सटेम्बरमा पुटिन उत्तर कोरिया पुगेका थिए । उनी २४ वर्षपछि आज उत्तर कोरिया जाँदैछन् । रुसको युक्रेन युद्धमा खुलेर हातहतियार सहयोग गर्ने देश हो उत्तर कोरिया । रुसलाई हतियार सहयोग गरेको उत्तरलाई रुसले लामो दूरीका क्षेप्यास्त्र बनाउनदेखि अन्तरिक्ष कार्यक्रममा रुसले सहयोग गर्ने बीबीसीले उल्लेख गरेको छ ।

यस्तै, रुसको युद्धको अग्र मोर्चा, यातायात निर्माण क्षेत्रमा पनि उत्तर कोरियालीहरु ल्याउन पुटिनको पहल हुने अनुमान बीबीसीले गरेको छ । पुटिन उत्तर कोरिया पुग्नु भन्दा अगाडि गत वर्ष किम जोङ उनले रुसको सुदुरपूर्वी क्षेत्रको अन्तरिक्ष बन्दरगाह भोस्तोचनीमा भ्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर