भारतीय समकक्षी पियुष गोयललाई उद्योगमन्त्री भण्डारीले दिए बधाई, मिलेर काम गर्ने अपेक्षा
नेपाल प्रेस
२०८१ असार ४ गते १२:३२
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतीय समकक्षी पियुष गोयललाई बधाइ दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका छन् । भारतीय जनता पार्टीका नेता पियुष गोयल हालै भारतको केन्द्रीय सरकारको वाणिज्य तथा उद्योगमन्त्री नियुक्त भएका छन् ।
भण्डारीले गोयललाई बधाइ दिँदै नेपाल र भारतबीच उद्योग वाणिज्यका क्षेत्रमा मिलेर काम गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् । दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै यो क्षेत्रमा मिलेर काम गर्ने चाहना व्यक्त गरेका हुन् ।
यस्तै मन्त्री भण्डारीले प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई पनि बधाई तथा शुभकामना दिएका छन् । पुरीलाई पठाइएको बधाई सन्देशमा भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।
भण्डारीको बधाई सन्देशमा भनिएको छ, ‘हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।’
प्रतिक्रिया
सम्बन्धित खवर