३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन, प्रदेश र स्थानीय तहले नै हेर्छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन, प्रदेश र स्थानीय तहले नै हेर्छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोड भन्दा साना आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन गर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैह्रेले आफ्नो भनाइको विपरीत गएर तीन करोडभन्दा साना रकमको आयोजना किन मन्त्रालयले छुट्याए भन्ने प्रश्नमा उनले भने साना आयोजना संघीय सरकारले नहेर्ने बताए।

उनले भने, ‘सरकारले वार्षिक बजेट ल्याउँदा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने। मझौला प्रदेशबाट साना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार स्पष्ट र दृढ छ।’

वित्तीय हस्तान्तरण अन्तर्गत सर्शत अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही कार्यक्रममा रकम कम देखिए पनि तीन करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर