लुम्बिनी प्रदेशसम्म पुग्यो मनसुन
नेपाल प्रेस
२०८१ असार ६ गते १३:१९
काठमाडौं । गत जेठ २८ गते नेपालको पूर्वी भेगबाट भित्रिएको मौसम देशैभर फैलन अझै केही दिन लाग्ने भएको छ ।
यस वर्षको मनसुन प्रणाली आजसम्म कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको छ ।
नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी र कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको थियो ।
नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर