नेपालको लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगमा भुटानको पारोसँग खेल्ने – Nepal Press

नेपालको लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगमा भुटानको पारोसँग खेल्ने

काठमाडौँ । पहिलो पटक आयोजना हुन लागेको एएफसी च्यालेन्ज लिगमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको पारोसँग खेल्ने भएको छ । प्रिलिमिनरी राउन्डमा चर्च ब्वाइजले पारोसँग खेल्ने भएको हो ।

यो खेल अगष्ट १३ मा हुने छ । विजेता समूहगत चरणमा पुग्ने छ । पारोलाई हराउन सके चर्च ब्वाइजले कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गर्ने छ ।

एसियाको तेस्रो श्रेणीको लिग फुटबल एएफसी च्यालेन्ज लिगको समूह चरणमा १८ टोली हुनेछन् । क्वाटर फाइनल र सेमिफाइनलका खेलहरू होम एन्ड अवे आधारमा सञ्चालन हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर