बेलायती चुनावमा सत्ताधारी दल ‘टोरिज’ बहुमतबाट बढारिने मत सर्वेक्षणको संकेत
काठमाडाैं । बेलायती सत्ताधारी दल आगामी आम निर्वाचनमा बढारिने मत सर्वेक्षणले देखाएको छ । मत सर्वेक्षक साभान्ता एण्ड इलेट्रोरल क्याल्कुलसले गरेको सर्वेक्षण अनुसार बेलायतका ६५० सिटमा ५३ सिट मात्रै सत्ताधारी टोरिज भनेर चिनिने परम्परागत दलले प्राप्त गर्ने देखिएको छ ।
टोरिजले लगालग १४ वर्ष सत्तामा बसपेपछिको मात्रै होइन एतिहासकै सबैभन्दा कमजोर जनादेश आगामी चुनावमा देखिने बताइएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार अ मोर इन कमन सर्वेक्षणले भने टोरीजको १५५ सिट आउने बताएको छ ।
यस्तै, यु गभ नामक सर्वेक्षणले टोरीज १०८ सिटमा सिमित हुने प्रक्षेपण गरेको छ । हाल ३४४ सिट भएको टोरीजको सिट व्यापक घट्ने देखिएको छ ।
भारतीय मुलका बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा चुनाव गर्न सदन विघटन गरिसकेका छन् । अहिले बेलायत चुनावी माहोलमा गुज्रिरहेको छ ।