डोटीको भवानी माविका ५ सय विद्यार्थीलाई पोशाक र झोला वितरण – Nepal Press

डोटीको भवानी माविका ५ सय विद्यार्थीलाई पोशाक र झोला वितरण

डोटी । सायल गाउँपालिका-२ स्थित भवानी माविका करिब ५ सय विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको छ । कैलालीका पत्रकार दीर्घराज उपाध्यायले विभिन्न व्यक्तिसँगको सहकार्यमा ती सामग्री जुटाएका हुन् ।

उपाध्यायका अनुसार काठमाडौं संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले पोशाकको कपडा र कैलालीका उद्योगपति ओमप्रकाश अग्रवालले सिलाइ खर्च व्यहोरेका छन् ।

झोला खरिदमा एलआरआई स्कुल काठमाडौंका संस्थापक शिवराज पन्त र मधु पाठकले सहयोग गरेका छन् । चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सय थान झोला प्रदान गरेको र अन्य झाला सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा उपलव्ध गराएको हो । पुस्तकालय स्थापनामा धनगढीको बाल्मिकी इन्टरनेशनलका अध्यक्ष दिनेशराज भण्डारीले सय थान पुस्तक सहयोग गरेको उपाध्यायले बताए ।

सांसद तारा लामा तामाङ, पत्रकार कुन्दन दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पनि पुस्तक दिएका थिए ।

बुधबार विद्यालयमा आयोजना गरिएको सामग्री हस्तान्तरण कार्यक्रममा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले वार्षिक जनही १२ हजार रूपयाँका दरले १० जनालाई जेहेन्दार छात्रवृत्तिको घोषणा गरे । व्यवसायी अमरबहादुर शाही (काठमाडौं), हिक्मत थापा (नाईजेरिया), खेमराज उपाध्याय (धनगढी) र तीर्थराज जोशी (काठमाडौं) ले एक/एक जनालाई १२ हजार रूपैयाँ छात्रवृत्तिको रकम प्रदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले दाताहरूलाई धन्यवाद दिए । सहयोगीहरूलाई विद्यालयले सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर