भावुक हुँदै बिदा भए सुनकाेशीका महिला स्वास्थ्य स्वंसेविकाहरु – Nepal Press

भावुक हुँदै बिदा भए सुनकाेशीका महिला स्वास्थ्य स्वंसेविकाहरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ की ६९ वर्षीया दुर्गा देवी दाहालले साविकको ठोकर्पामा महिला स्वास्थ्य स्वंयसेविका भएर ३६ वर्ष काम गरिन् । उनको जवानी गाउँमा महिला दिदीबहिनीहरुलाई स्वास्थ्य सम्बन्धी चेतना दिदै बित्यो ।

उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्थिन् । गाउँमा स्वास्थ्य सम्बन्धी काम गर्दा गर्दै उमेर बितेको पत्तै भएन, अहिले उनी ६९ वर्षकी भइन् र स्वंयसेविका भएर काम गरेको ३६ वर्ष । हिजोसम्म उनी गाउँ गाउँमा गएर काम गर्दा निकै उत्साही थिइन् तर बिहीबार गाउँपालिकाले कदर पत्र दिएर बिदाइ गर्दा भने उनी विगत सम्झिएर भक्कानिइन् ।

सरकारले ६० वर्ष उमेर पुगेका सबै स्वास्थ्य स्वंयसेविकाहरुलाई अनिवार्य बिदाइ गर्ने नीति ल्याएपछि स्वंयसेविका भएर काम गरेको ३६ वर्षपछि उनी सम्मान–पत्र र गाउँपालिकाले उपलब्ध गराएको केही प्रोत्साहन रकम लिँदै गर्दा गहभरी आँसु पार्दे गाउँपालिकाबाट बिदा भइन् । बिदा हुँदै गर्दा उनले अरु महिला स्वंयसेविकालाई भन्दै थिइन्, ‘हामीले त गाउँमा सकेसम्म राम्रो नै गर्यो अब नयाँ दिदीबहिनीहरु आउनु भएको छ, अझै राम्रो गर्नुहोला ।’

स्वास्थ्य मन्त्रालयले गाउँ–गाउँमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वंयसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भूमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त दाहालजस्ता सयौं स्वयंसेविका डाक्टरकै भूमिकामा हुने गर्छन् ।

नामै स्वयमसेविका भएपछि राज्यले दिने खासै त्यस्तो ठूलो सुविधा केही पनि छैन तर पनि उनी जतिबेला पनि महिला र बालबालिकाको स्वास्थ्यप्रति चनाखो हुने गर्दै थिइन् । दाहाल मात्रै होइन सुनकोसी–३ की टीकामाया प्याकुरेलले पनि स्वंसेविका भएर ३६ वर्ष गाउँको बस्ती बस्ती पुगेर महिला र बालबालिकहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिँदै आएकी थिइन् । उनी पनि बिदाइ हुँदै गर्दा भक्कानिएकी थिइन् ।

६० वर्ष उमेर पूरा भएका सुनकोशी गाउँपालिकाका दाहालसहित १२ स्वंयसेविकाहरु ३६ वर्षसम्म महिला स्वास्थ्य स्वंयसेविकाहरु दुःखी मन लिएर घर फर्केका छन् । स्वंसेविकाहरु बिदा भएपनि गाउँपालिकाले रित्तो हात भने घरमा पठाएन । बिदाइ हुने १२ जना स्वंयसेविकाहरुलाई जनही ६६ हजार रुपैयाँसहित सम्मान गरेर स्वंसेविकाहरुलाई भव्य बिदाइ गरेर घरमा पठाएको छ ।

सुनकोशी गाउँपालिकामा हाल ५४ जना महिला स्वास्थ्य स्वंसेविकाहरु कार्यरत रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए । महिला स्वास्थ्य स्वंसेविकाहरुलाई संघीय सरकारबाट वार्षिक रुपमा पोशाक खर्च बापत २२ हजार उपलब्ध गराउने गर्दछ ।

सुनकोशी गाउँपालिकाले भने विगत दुइ वर्षदेखि मासिक रुपमा १५ सय र अन्य आवश्यक सामग्रीहरु उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष टपीन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए । १२ जना स्वंयसेविकाहरुको बिदाइ कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा पनि समाजमा सामाजिक कार्यमा क्रियाशील रहनका लागि बिदाइ भएका स्वंयसेविकाहरुलाई आग्रह गरे । कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले राज्यको नियम अनुसार नै ६० वर्ष उमेर पूरा भएका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई बिदाई गरेको बताइन् ।

झरी, वर्षा केही नभनी उनी प्रत्येक महिलाको घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना मात्रै होइन कोही गर्भवती भए भन नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थामा जानुपर्छ भनेर महिलालाई सल्लाह दिने गरेकी छन् भने कोही गर्भवतीले घरमै असुरक्षित रूपमा सुत्केरी गराउन खोजे भने स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्छ भन्दै घरघरमा जाने गरेकी छन् ।

मल्ल र अधिकारी जस्तै सुनकोसी गाउँपालिकाभर ५४ जना महिला स्वास्थ्य स्वयंसेविका लामो समयदेखि कार्यरत छन् । स्वास्थ्य स्वयंसेविकाको काम धेरै भए पनि उनीहरूले पाउने सम्मान र सुविधा भने केही पनि छैन । राज्यले वार्षिक रूपमा १० हजार पोसाक भत्ता र यातायात खर्चबापत जम्मा १२ हजार स्वमंसेविकालाई उपलब्ध गराउनेछ ।

समाजमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख भए पनि सेवा र सम्मानमा भने केही नभएपछि सुनकोसी गाउँपालिकाले भने मासिक रूपमा स्वयंसेविकालाई १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेपछि स्वास्थ्य स्वयंसेविकाको मुहारमा खुसी देखिएको छ ।

गाउँपालिकाले मासिक रूपमा उपलब्ध गराउने १ हजार ५ सय, यातायात खर्च ४ सयसहित संघीय सरकारले उपलब्ध गराउने पोसाक भत्ता र यातायात खर्च सबै गरी एकमुष्ठ ३९ हजार ३ सय रुपैयाँ नगदै उपलब्ध गराएपछि स्वयंसेविका खुशी छन् ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपीन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्ष कान्छी लामाले स्वयंसेविकालाई एकमुष्ठ रकम र स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेका थिए ।

‘पालिकाले थोरै भए पनि सहयोग गरेकोमा खुशी छौं तर प्रदेश सरकारले दिने २ हजार काटेछ, त्यसमा दुःख लागेको छ’, महिला स्वास्थ्य स्वयंसेविका मैना पराजुलीले भनिन् । ‘गाउँपालिकाको डालो सानो छ, हामीले सकेको सहयोग गरेका छांै’, सुनकोसी गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले भने, ‘आगामी आर्थिक वर्षदेखि मासिक रूपमा २ हजार रुपैयाँ उपलब्ध गराउनेछौं ।’

प्रदेश सरकारले मासिक रूपमा पाउँदै आएको सुविधा कटौती गरे पनि गाउँपालिकाले थप रकम दिने भनेपछि महिला स्वास्थ्य स्वयंसेविका खुशी भएका थिए । सुनकोसी गाउँपालिकाको सातै वडामा ५४ जना महिला स्वास्थ्य स्वयंसेविका लामो समयदेखि महिला र बालबालिकाको स्वास्थ्यका लागि निरन्तर खटिरहेको सुनकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर