युरो २०२४: इंग्ल्यान्ड र डेनमार्कले अंक बाढे
काठमाडौं । युरो २०२४ को दाबेदार मानिएको इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । इंग्ल्यान्डले बिहीबार राति भएको खेलमा डेनमार्कसँगको खेल १–१ को बराबरी खेलेको हो ।
खेलको १८ औं मिनेटमा ह्यारी केनको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । तर खेलको ३४ औं मिनेटमा डेनमार्कका मार्टेनले गोल गर्दै खेललाइ बराबरिमा लगे ।
दोश्रो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि त्यो सफल नभएपछि खेल बराबरीमा सकियो ।
बराबरीपछि इंग्ल्यान्ड २ खेलपछि ४ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा छ । डेनमार्क समान खेलबाट २ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।
स्लोभेनियाको पनि २ अङ्क छ । टोली तेस्रो स्थानमा छ । सर्बिया भने १ अङ्कसहित पुछारमा छ । गएरातिनै भएको खेलमा स्लोभानिया र सर्वियाले पनि बराबरी खेलेका थिए ।