सुनको मूल्य बढ्नेक्रम जारी, अमेरिकी बजारको आर्थिक सूचकमा देखिएको स्थिरता मुख्य कारण – Nepal Press

सुनको मूल्य बढ्नेक्रम जारी, अमेरिकी बजारको आर्थिक सूचकमा देखिएको स्थिरता मुख्य कारण

काठमाडौँ । यो साता विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेको छ । अमेरिकी बजारको आर्थिक सूचकमा देखिएको सुस्तता मुख्य कारण रहेको विश्लेषकहरूले बताएका छन्।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सामान्य घटेर साताको तेस्रो र चौथो दिनमा स्थिर रहेको मूल्य पाँचौँ दिन र छैटौँ दिन उकालो लाग्यो ।

भारतीय रुपैयाँ कमजोर भई अमेरिकी डलर मजबुत बन्दाको प्रभावले पनि मूल्य वृद्धिमा टेवा पुगेको विश्लेषकहरूको तर्क छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्न थालेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २२ हजार ४ सय ३० रुपैयाँ रहेको मूल्य तेस्रो दिन मङ्गलवार र चोथो दिन बुधवार स्थिर रह्यो ।

साताको पाँचौँ दिन बिहीबार सामान्य बढेर प्रति १० ग्राम १ लाख २१ हजार ९ सय १५ रुपैयाँ पुगेको मूल्य छैटौँ दिन अर्थात् साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार बढेर प्रति १० ग्राम १ लाख २४ हजार ५५ रुपैयाँ कायम भएको छ ।

यो मूल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रवार १ हजार ६ सय ५५ रुपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ६० रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम १ हजार ९ सय ९९ रुपैयाँ कायम भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर