आन्दोलनमा रहेका खानी उद्योगी व्यवसायी महासंघलाई मन्त्रालयले छलफलमा बोलायो – Nepal Press

आन्दोलनमा रहेका खानी उद्योगी व्यवसायी महासंघलाई मन्त्रालयले छलफलमा बोलायो

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलको लागि बोलाएको छ ।

बजेट क्रसर तथा खानी व्यवसाय मैत्री नभएको र उद्योगको नवीकरण राज्यले नगरको भन्दै व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंका अध्यक्ष सीताराम न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलका लागि बोलाएको बताए ।

उनले भने, ‘हामीले हाम्रो देशबाट बगेर जाने ढुंगा, गिटी र बालुवाको सही तरिकाले विक्री वितरण र उद्योगको नवीकरणको विषय उठाएर आन्दोलन गरिरहेका छौँ । हाम्रा मागका बारेमा छलफल गर्न मन्त्रालयले बोलाएको छ । सामान्य प्रशासन मन्त्रालयले हाम्रो उद्योग सम्बन्धी कानुन निर्माण गरिरहेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको उपस्थितिमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा क्रसर उद्योग समस्या समाधान तथा व्यवस्थापन सम्बन्धमा हुने छलफलमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्रतिनिधिको उपस्थितिका लागि पनि अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *