लुम्बिनी प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव गौतम र दुई सदस्यले लिए शपथ – Nepal Press

लुम्बिनी प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव गौतम र दुई सदस्यले लिए शपथ

रुपन्देही । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतमलाई प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त गरेको हो ।

बैठकले नियुक्त गरेको ३ जना सदस्यहरू मध्येबाट परिषद्को अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गठन नियमावली अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्यीय परिषद्को अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ ।

प्रदेश सत्ता गठबन्धनमध्ये ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १-१ जना जसपा र नागरिक उन्मुक्तिबाट नियुक्त हुने भागबन्डा भएको मन्त्रालय स्रोतले जनाएको छ । नवनियुक्त सदस्य सचिव र सदस्यहरूलाई आजै मन्त्री खत्रीले शपथग्रहण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर