आयात र निर्यात दुवै ओरालोतर्फ, १३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा – Nepal Press

आयात र निर्यात दुवै ओरालोतर्फ, १३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म देशको आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको हो ।

त्यस्तै, जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजारको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको थियो ।

त्यस्तै, ११ महिनाको अवधिमा कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार बराबरको वस्तु निर्यात भएको थियो । जुन ३.०१ प्रतिशतले कम हो ।

चालू आवको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर