नबिल र प्राइम बैंक लगानीमा आक्रमक, यस्तो छ वाणिज्य बैंकको कर्जा र निक्षेपको अवस्था – Nepal Press

नबिल र प्राइम बैंक लगानीमा आक्रमक, यस्तो छ वाणिज्य बैंकको कर्जा र निक्षेपको अवस्था

काठमाडौ । सर्वसाधारणबाट निक्षेप संकलन गरेका बैंकहरूको बचत र कर्जा प्रवाह कस्तो छ भन्ने चासो पनि हुन्छ । आर्थिक गतिविधि सुस्तका बाबजुद केही बैंक कर्जा लगानीमा आक्रामकरूपमा उत्रिएका छन् ।

चालू आर्थिक वर्ष (२०८०/८१) मा सबैभन्दा बढी कर्जा विस्तार नबिल बैंकले गरेको छ । गत साउन मसान्तसम्म नबिलको कर्जा लगानी ३ अर्ब ४४ अर्ब ११ करोड रूपैयाँ थियो । ११ महिना सकिदा यो अंक ३ खर्ब ८९ अर्ब ३४ करोड पुगेको छ । चालू आवको हालसम्म नबिलले ४५ अर्ब २३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

दोस्रो बढी कर्जा प्रवाह गर्नेमा प्राइम कमर्सियल बैंक छ । प्राइमले चालू आवको ११ महिनामा २६ अर्ब ५१ करोड रूपैयाँ लगानी गरेको छ । साउन मसान्तसम्म यस बैंकको कर्जा प्रवाह १ खर्ब ६६ अर्ब ३३ करोड रहेकोमा जेठ मसान्तसम्म आउँदा १ खर्ब ९२ अर्ब ८४ करोड पुगेको छ ।

तेस्रो बढी कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक छ । कृषि विकास बैंकले ११ महिनामा २० अर्ब ४८ करोड रूपैयाँ रहेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये प्रभु, हिमालयन र स्ट्याण्डर्ड चार्टड बैंकको ऋण प्रवाह लगभग ठप्प छ । प्रभु बैंकको साउन मसान्तसम्म २ खर्ब ३९ अर्ब ९९ करोड ऋण लगानीमा थियो । तर, त्यो लगानी घटेर जेठ मसान्तसम्म आइपुग्दा २ खर्ब ३६ अर्ब ७० करोड रूपैयाँ रहेको छ ।

कुन बैंकको कर्जा प्रवाह कस्तो

निक्षेप संकलनमा रावा बैंक आक्रामक

चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी निक्षेप सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले संकलन गरेको छ । रावा बैंकले १ खर्ब ११ अर्ब ७१ करोड रूपैयाँ संकलन गरेको छ । पछिल्लो समय बैंकमा निक्षेप थुप्रिरहेको छ ।

ऋण विस्तारमा आक्रामक नबिल बैंकको ११ महिनामा ६३ अर्ब ३५ करोड निक्षेप थपिएको छ । सबै बैंकमा निक्षेप थपिएपनि माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप भने घटेको देखिन्छ । स्ट्याण्डर्डको निक्षेप ८ अर्ब ४९ करोड रूपैयाँले कमी भएको छ भने माछापुच्छ्रेको १ अर्ब १४ करोड कमी भएको छ । ग्लोबल आईएमई बैंकको ६७ अर्ब २७ करोड निक्षेप थपिएको छ ।

हेर्नुस् कुन बैंकमा कति निक्षेप थपियो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर