वेश्यावृत्तिमा लगाइएको भन्दै ठमेलकाे स्पा सेन्टरबाट नाबालिकाको उद्धार, सञ्चालक पक्राउ – Nepal Press

वेश्यावृत्तिमा लगाइएको भन्दै ठमेलकाे स्पा सेन्टरबाट नाबालिकाको उद्धार, सञ्चालक पक्राउ

काठमाडौं । ठमेलस्थित एक स्पा सेन्टरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाइएको भन्दै सञ्चालक पक्राउ परेका छन् ।

ए वान स्पा सेन्टरका सञ्चालक रेशम गुरुङ र मखमली माया स्याङ्तानलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार गोरखाका ४२ वर्षीय गुरुङले ग्रामिण क्षेत्रका नाबालिकलाई टिकटकमार्फत सम्पर्क गरी ब्युटी पार्लरमा काम लगाइदिने भन्दै काठमाडौं बोलाउने गरेका थिए ।

गुरुङले टोखास्थित आफुले सन्चालन गरेको सनफ्लावर स्पा सेन्टरमा ती नाबालिकालाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिने भनी राखेको र आफूले पटकपटक जबर्जस्ती करणी गरेको दाबी गरेको छ ।

पछि उक्त स्पा सेन्टरबाट पीडितलाई ए वान स्पा सेन्टरमा पुर्याएर वेश्यावृत्तिमा लगाइएको एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उक्त स्पामा प्रतिव्यक्ति २ देखि ३ हजार रुपैयाँसम्म लिएर नाबालिकालाई वेश्यावृत्तिमा लगाइने गरिएको थियो ।

त्यसक्रममा पीडितको तस्बिर र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै स्पा सञ्चालकले बेश्यावृत्तिमा लगाइएको प्रहरीको दाबी छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *