ह्वात्तै बढ्यो विद्युतीय गाडीको आयात, एकै महिनामा करिब ३ हजार ईभी भित्रिए – Nepal Press

ह्वात्तै बढ्यो विद्युतीय गाडीको आयात, एकै महिनामा करिब ३ हजार ईभी भित्रिए

काठमाडौं । चालू आर्थिक वर्षको समाप्त हुनै लाग्दा विद्युतीय गाडीको आयातमा अत्यधिक वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आइपुग्दा विद्युतीय गाडीहरूको आयातमा वृद्धि भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठ महिना) सम्म ११ हजार ४६६ वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका छन् । चालू आवको ११ महिनासम्मको कूल विद्युतीय गाडी आयलाई हेर्दा जेठ महिनामा मात्रै २ हजार ९६९ बाट विद्युतीय गाडीहरू नेपाल भित्रिएका छन् । जबकी गत वैशाख महिनामा मात्रै १ हजार ४०४ बाट विद्युतीय गाडी नेपाल भित्रिएका थिए । जुन एक महिनामा मात्रै करिब दुई गुणाभन्दा बढी हो ।

चालू आर्थिक वर्षको विद्युतीय सवारी साधनको आयात करिब ३ गुणाभन्दा बढीले आयात बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा ३ हजार ८७० वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए ।

नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनहरू भित्रिने गरेका छन् । जसमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका विद्युतीयता गाडीहरू निर्यात हुने गरेका छन् ।

त्यस्तै, गत चैत मसान्तसम्म ७ हजार ९३ वटा चार पाङ्ग्रे विद्युतीय गाडीहरू आयात भएका थिए । जहाँ चैत महिनामा मात्रै ६५८ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

फागुन महिनामा मात्रै झन् २९१ वटा चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएका थिए । फागुन र चैत महिनाको आयातलाई हेर्दा वैशाखमा विद्युतीय गाडीको आयात दोब्बरभन्दा बढीले बढेको देखिन्छ । भने, जेठमा करिब तेब्बरले बढेको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर