१५ वर्षअघि कारागारको सुरुङ खनेर भागेका कैदी पक्राउ – Nepal Press

१५ वर्षअघि कारागारको सुरुङ खनेर भागेका कैदी पक्राउ

रुपन्देही । कपिलवस्तुबाट १५ वर्षअघि कारागारको सुरुङ खनेर भागेका एक कैदी पक्राउ परेका छन् ।

२०६६ सालको माघ २ गते कपिलवस्तुको तौलिहवास्थित कारागारबाट सुरुङ खनेर ८ जना कैदीहरु भागेका थिए । भागेकामध्ये ७ जना यसअघि नै समातिएका थिए भने एक जना अहिलेसम्म फरार रहेका थिए ।

फरार रहेका भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई कपिलवस्तु शिवराज नगरपालिका वडा नं ७ बाट नियन्त्रणमा लिइएको कपिलवस्तु एपपी नवरत्न पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनी ६ वर्ष ५ महिना ९ दिन कैद र ४लाख ५० हजार जरिवाना तोकिएका थिए । उनीहरुले २१ फीट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए ।

कपिलवस्तुमा त्यसअघि पनि ०६३ पनि कारागारबाट बन्दी भागेका थिए । त्यसपछि ०६४ मा पनि बन्दी भाग्ने असफल प्रयास गर्दा कारागारकै चौकीदारको हत्या गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर