चितवनमा रगत अभाव बढेपछि रगत संकलन अभियान थालियो, चितवनमा एकैदिन १६२ युनिट रगत संकलन – Nepal Press

चितवनमा रगत अभाव बढेपछि रगत संकलन अभियान थालियो, चितवनमा एकैदिन १६२ युनिट रगत संकलन

चितवन । बढदो बिरामीको संख्या र उपलब्ध हुने रगतको अनुपातमा चितवनमा रगतको अभाव भइरहेको बेला चितवनमा एकै दिन १६२ युनिट रगत संकलन भएको छ ।

बिरामीको रक्त समूह हेरि कतिपय समूहका रगत रक्त सञ्चार केन्द्रमा नै नहुने अवस्था सिर्जना भएपछि नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न संघ, संगठनको अगुवाइमा शनिबनर एकै दिन १६२ युनिट रगत संकलन गरिएको हो ।

सशस्त्र प्रहरी बल,नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय भण्डारा, एसोएस चिल्ड्रेन भिलेज भरतपुर, रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखा लगायतका संस्थाले फरक फरक ठाउँमा रक्तदान कार्यक्रम राखेका थिए ।

सशस्त्र प्रहरी बल,नेपाल नं ३ गढिमाई बाहिनीद्वारा आयोजित रक्तदान कार्यक्रममा १८ युनिट, एसोएस चिल्ड्रेन भिलेज भरतपुर द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट, नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखाले जनाएको छ ।

त्यसैगरि भरतपुर ११ स्थित कैलाश युथ क्लब द्वारा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष सबिन अधिकारीले बताए ।

चितवनमा एउटा केन्द्रीय स्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल दुई मेडिकल कलेज र निजी स्तरका स्वास्थ संस्थाहरु रहेका छन् । यहाँका अस्पतालहरुमा उपचार गर्न आउने बिरामीलाई दैनिक आवश्यक हुने रगत धेरै र दैनिक संकलन हुने रगत कम हुने गरेकाले चितवनमा रगतको अभाव देखिएको बलर्ड डोनर्स सोसाइटीका केन्द्रीय सदस्य दिपक घिमिरे ूकायस्थूले बताए ।

पछिल्लो समय रगत दिने रक्तदाता बढेको भएपनि चितवनमा रगतको माग अत्यधिक भएकाले कुनै कुनै समुहको रगत अभाव हुने गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर