शिक्षाविद्हरुलाई मुख्यमन्त्री महराको आग्रहः अध्ययनका लागि विदेश जाने विद्यार्थी रोक्न के गर्न सकिन्छ ? – Nepal Press

शिक्षाविद्हरुलाई मुख्यमन्त्री महराको आग्रहः अध्ययनका लागि विदेश जाने विद्यार्थी रोक्न के गर्न सकिन्छ ?

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई बिदेशमा जानबाट रोक्नुपर्ने बताएका छन् । उनले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सवैपक्षले छलफल चलाउनु पर्ने धारणा राखे ।

नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहि खपत हुने वातावरण श्रृजना गर्नेतर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको उनले दावी गरे । नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ, नेपाली उत्पादनको बृद्धि र श्रममल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ’ उनले भने ।

दाङको घोराहीमा सुचना तथा सञ्चार, प्रविधिको विकासको नविनतम प्रयोग(कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रममा उनले समयको रफ्तारसंगै प्रविधिको विकास र विस्तार हुँदै गएको बताए ।

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिसर्च सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सवैले जोड दिनुपर्ने सुझाव दिएका थिए ।

विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकाय सहभागी भएको कार्यक्रममा महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ति उत्पादनका लागि सवैपक्षले मिले काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सहिरुपमा प्रयोग गर्न जरुरी भएको बताउँदै गतलरुपमा प्रयोग हुने विषयवस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे ।

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशिने क्रम बढ्दो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरी नेपालमा नै अध्ययन गर्ने वातावरण तयार गर्न शिक्षाविदहरुलाई महराले आग्रह गरे । प्रविधिक्षेत्रमा ५ जना विज्ञले प्रविधि क्षेत्रको बौद्धिक प्रयोग गर्ने विषयमा प्रशिक्षण दिएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेख भण्डारी, पुर्व स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायव महाप्रवन्धक इ. चिन्तामणी बराल र नेपाल टेलिकमका इ. रबिराज यादवले कृत्रिम बौद्धिकता सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइइदाका विषयमा प्रशिक्षण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर