निफ्राको १० लाख कित्ता संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला हुने भएको छ ।एनआईसी एसिया बैंकले निफ्राको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।
आवेदन दिने अवधि असार १७ गतेसम्म तोकिएको छ । प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ हुने गरी न्यूनतम १० हजार कित्ता तथा अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यो भन्दा कम हुने गरी आवेदन दिएमा रद्द हुनेछ ।
हाल निफ्रामा विभिन्न बैंक तथा वित्तीय संस्थाको २०.८९ प्रतिशत सेयर रहेको छ । गत फागुन १३ बाट निफ्राको संस्थापक सेयरधनीहरुको लकइन अवधि सकिएको थियो । लकइन अवधि कायम भएसम्म संस्थापक सेयर बिक्री गर्न पाइने छैन । निफ्राको संस्थापक सेयरको लकइन अवधि सकिएपछि संस्थापक एनआइसी एसियाले सो सेयर बेच्न लागेको हो ।