बेस्ट एक्सचेन्ज हाउसको लाइसेन्स खारेज प्रक्रिया सुरू – Nepal Press

बेस्ट एक्सचेन्ज हाउसको लाइसेन्स खारेज प्रक्रिया सुरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया अघि बढाएको छ । बेस्ट आफैंले स्वेच्छिक खारेजमा जान चाहेकोले केन्द्रीय बैंकले खारेजीको प्रक्रिया अघि बढाएको हो ।

मनिचेन्जरको कारोबार गर्ने इजाजत पाएको बेस्टमा कसैको रकम बाँकी भए ३५ दिनभित्र दाबी गर्न समय दिइएको छ । ३५ दिनसम्म पनि कतैबाट दाबी नपरे कम्पनी खारेजीमा लागिने राष्ट्र बैंकले भनेको छ । दाबी लिखित रूपमा गर्नुपर्नेछ । बेस्टको कार्यालय ठमेलमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर