मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार गम्भीर
हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी भएकोमा एक जनाको मृत्यु भएको हो भने परिवारका बाँकी ५ जना सिकिस्त बनेका हुन् ।
शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका पाँच जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ–७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए ।
जंगली च्याउ खाएर गम्भीर भएका दलबहादुरलाई आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।
मृतक दलबहादुरको श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जुु र सिवना, छोरा सुशिलको स्वास्थ्य अवस्था गम्भीर रहेको र चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको उनले जनाए ।