बैकुण्ठ अर्याल योजना आयोगको जगेडामा सरुवा, लीलादेवी गड्तौला कामु मुख्य सचिव
काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ ।
अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने र त्यसपछि स्वत उक्त पद खारेज हुने सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने श्रममन्त्री डिपी अर्यालले नेपाल प्रेसलाई बताए ।