प्रदीप पौडेलको प्रश्न- प्रधानमन्त्री मेरो निर्देशन कसैले मान्दैन भन्नुहुन्छ, यो देश कहाँबाट चलेको छ ? (भिडिओ) – Nepal Press

प्रदीप पौडेलको प्रश्न- प्रधानमन्त्री मेरो निर्देशन कसैले मान्दैन भन्नुहुन्छ, यो देश कहाँबाट चलेको छ ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको बताए।

उनले भने, ‘सदनमा केही समयअघि गृहमन्त्रीले यही सदनमा विदेशीलाई सूचना बेच्ने मान्छे छ भन्नुभयो। हिजो रक्षामन्त्रीले प्रश्नको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादाभित्र पर्छ भन्ने मलाई लाग्दैन। बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै लानुभयो।’

उनले सरकारले सदनलाई हेपेको आरोप लगाए।

उनले थपे, ‘सरकारले संसदलाई हेपेको छ, प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ? यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर