विराटनगरले ल्यायो साढे ३ अर्बको बजेट
विराटनगर । विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ ।
उपमेयर शिल्पा निराला कार्कीले नगरसभामा ५९ करोड कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि विनियोजित गरिएको बताइन् । ऋणको सावाँब्याज भुक्तानीमा ५ करोड, चालू आवको चालू खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
यस्तै बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि २ करोड विनियोजन गरिएको छ ।
सामाजिक विकास क्षेत्र अर्न्तगत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रममा ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन गरिएको छ ।