जनप्रतिनिधिको गुनासाे- मेयर बालेनलाई सल्लाह दिँदा सामाजिक सञ्जालमा हेर्नै नसकिने गाली आउँछ (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरका जनप्रतिनिधिले मेयर बालेन्द्र साह बालेनलाई सल्लाह दिँदा सामाजिक सञ्जालमा हेर्नै नसकिने गाली आउने गरेको गुनासो गरेका छन् । जनप्रतिनिधि सृजना भेटवालले मेयर बालेन्द्रलाई सल्लाह दिँदा घर परिवार सँगै बसेर सामाजिक सञ्जाल हेर्न नसकिने गरी गाली आउने गरेको गुनासो पोखेकी छन् ।
उनले भनिन, ‘मेयर साबलाई सल्लाह दिँदा जे पायो त्यही गाली आउँछ जुन घर परिवारसँग बसेर हेर्न नसकिने हुन्छ । म पत्रकार मित्रलाई जे हो त्यही सूचना लिएर जस्ताको तस्तै लेखिदिन पनि आग्रह गर्दछु ।’
महिलाहरुको नाममा कुनै पनि व्यवसाय दर्ता गर्दा शुल्कमा छुट हुनुपर्ने माग राखिन् ।
यस्तै, ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीले आफूहरु पार्टीको चिह्नबाट चुनाव जितेर आएको भए पनि पार्टीको स्वार्थका लागि काम नगरेको बताए ।
व्यक्तिगत असहमति भए पनि कुराकानी गरेरै समाधान गर्न सकिने भन्दै उनले मेयर शाहलाई सामाजिक सञ्जालमा मानहानी हुने किसिमका टिप्पणी नगर्न आग्रह गरेका छन् ।