बालेनलाई सुनिताको सुझाव- पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ, तपाईं र मलाई संसारले हेर्दैछ (भिडिओ) – Nepal Press

बालेनलाई सुनिताको सुझाव- पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ, तपाईं र मलाई संसारले हेर्दैछ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् ।

महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन आग्रह गरिन् । उनले मेयर बालेन र आफू दुवैजना राजनीतिमा नयाँ युवा पुस्तालाई मानक बनाउन आएको भन्दै आफूहरुलाई संसारले हेरेको बताइन् ।

उनले मेयरलाई विशेष अनुरोध गर्दै आफूले बोल्ने कुरा संसारको युवालाई प्रभावित पार्ने हुनुपर्ने बताइन् । उनले अभिव्यक्तिलाई मर्यादित र संस्थागत छवि बिगार्न भन्दा पनि पदको मर्यादामा रहेर बोल्न आग्रह गरिन् ।

उपमेयर डंगोलले फरक मतको कदर गर्नुपर्ने बताइन् ।

यस्तो छ डंगोलको भनाइः

फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु । तपाई म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ ।

हामीले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन । पदमा बसिसकेपछि पदको मयार्दलाई अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाइ म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे जे आयो बोल्ने हो भने कपो कल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ ।

त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठिक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर