विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त, यस्ता छन् सरकारका २१ निर्णय – Nepal Press

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त, यस्ता छन् सरकारका २१ निर्णय

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताल नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक स्थायी घर भएका धिताललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले आयोगको सदस्य पदमा डा.मधुसुदन अधिकारी, र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमित पत्रकार सम्मेनमा जानकारी गराएकी हुन् ।

बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा.राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि तथा पशुपन्छी वकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले साझा प्रकाशन (सहकारी संस्था लिमिटेड)को सञ्चालक समितिको सदस्य पदमा रमपेशप्रसाद भट्टराईलाई तोक्ने, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमिल्सेनालाई मनोनयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर