नगरसभाको बैठकमा पेलेरै अघि बढे बालेन, नीति तथा कार्यक्रम पारित नभइ बजेट वाचन थालियो
वडाध्यक्षहरुलाई बालेनले भने- नीति र बजेट एकैपटक पास गर्दा हुन्छ
नेपाल प्रेस
२०८१ असार १० गते १७:२७
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नगरसभाको बैठकमा पेलेरै अघि बढेका छन् । नगरसभाको बैठकमा महानगरको नीति तथा कार्यक्रम संशोधन गर्नको लागि प्रस्ताव परेपनि पारित नभइ बजेट बाचन गर्न थालिएको हो ।
वडाध्यक्षहरुले १६० जनाले हस्ताक्षर परेको नीति पहिला पास गर्नुपर्ने अडान राखेपनि बालेनले उपप्रमुख सुनिता डंगोललाई बजेट वाचन गर्न आग्रह गरे ।
आज बजेट मात्रै प्रस्तुत हुने तर बजेटमाथि छलफल अर्को बैठकमा हुने भन्दै नीति र कार्यक्रम एकैपटक पास गरेपनि हुने बालेनको तर्क छ ।
प्रतिक्रिया
सम्बन्धित खवर