सदनमा रामहरीको दाबी- राजस्व अनुसन्धानको डीजीको नम्बरबाट व्यापारीलाई धम्काएर पैसा मागियो (भिडिओ) – Nepal Press

सदनमा रामहरीको दाबी- राजस्व अनुसन्धानको डीजीको नम्बरबाट व्यापारीलाई धम्काएर पैसा मागियो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्तिले फोन गरेर व्यापारीहरूलाई बिदाको दिनमा पैसा माग्ने गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै डीजीको नम्बरबाट फोन गरेर व्यापारीलाई पैसा माग्ने को हो ? पत्ता लगाउन माग गरे ।

उनले भने, ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्ति महानिर्देशक बनेर त्यही फोनबाट व्यापारीहरूलाई बिदाको दिनमा फोन गर्ने तपाईंलाई डीजी बनाउन मैले यति पैसा लगानी गरेको छु, पैसा तिर्नुहोस् भनेर डिपार्टमेन्ट स्टोरदेखि अन्य व्यापारीलाई तर्साउने काम राजस्व अनुसन्धानको डीजीको नम्बरबाट गर्ने गरिएको छ । त्यो बिचौलिया को हो ? मैले तीन करोड खर्च गरेर डीजी बनाएको हुँ भन्छ रे । त्यो प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ ।’

उनले राजस्व अनुसन्धानलाई व्यापारी थर्काउने बिचौलिया संस्थाको रूपमा विकास नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर