युरो कप: नेदरल्यान्डलाई हराउँदै अस्ट्रिया अन्तिम १६ मा
काठमाडौं। निकै प्रतिस्पर्धात्मक खेलमा युरो कपको दावेदर मध्यको नेदरल्यान्डलाई पराजित गर्दै अस्ट्रिया दोश्रो चरण प्रवेश गरेको छ ।
डच टोलीलाई अस्ट्रियाले ३–२ गोलअन्तरले पराजित गरेको हो । दोस्रो चरण प्रवेशको लागि नेदरल्यान्डको लागि जित या बराबरी काफी रहेको तर अस्ट्रियाको लागि अनिवार्य जित आवश्यक रहेको प्रतियोगितामा अस्ट्रियाले बाजी मार्न सफल भयो ।
खेलको छैटौं मिनेटमानै डेनियल मेलानले आत्मघाती गोल गरेपछि अस्ट्रिया १–० को अग्रता कायम गर्न सफल बन्यो । तर नेदरल्यान्डको लागि खेलको ४७ औं मिनेटमा गाप्को ले बराबरी गोल फर्काए ।
खेलको ५९ औं मिनेटमा अस्ट्रियाका रोमानोले गोल गरेपछि टिम पुनस् २-१ को अवस्थामा फर्कियो । निकै प्रतिस्पर्धात्मक खेलको ७५ औं मिनेटमा डच खेलाडी डेप्पेले गोल गर्दै नेदरल्यान्डलाई पुनः २-२ को बराबरीमा लगे ।
तर त्यसको पाँच मिनेटपछि नै अस्ट्रियाले गोल गर्न सफल बन्यो । उस्को लागि मार्सेल स्याबिटजरले गोल गर्दै टिमलार्इ जित दिलाए । जितसँगै अस्ट्रिया समूह डि को बिजेताको रुपमा दोश्रो चरण प्रवेश गरेको छ ।
यहि समुहको अर्को खेलमा फ्रान्स र पोल्यान्डले १-१ को बराबरी खेले । बराबरीपछि फ्रान्स समुहको दोश्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । यो समुहमा नेदरल्यान्ड तेश्रो र पोल्यान्ड चौथो भए ।