कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते
कैलाली। कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
बौलियाका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपीक्षक कविन्द्र बोहराले जानकारी दिए ।
त्यस्तै जिल्लाको भजनी नगरपालिका- ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।