चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु
नेपाल प्रेस
२०८१ असार १२ गते १२:३१
रुपन्देही । चट्याङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चट्याङ्ग लागेको थियो ।
चट्याङ्ग लागेका दुवैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
मृतकको शव कपिलवस्तु अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर