समूह ‘ई’ को महाभिडन्त : सबै टिमलाई जित्नै पर्ने बाध्यता – Nepal Press

समूह ‘ई’ को महाभिडन्त : सबै टिमलाई जित्नै पर्ने बाध्यता

हेटौँडा । युरो कप-२०२४ अन्तर्गत आज समूह ‘ई’ को खेलहरू हुँदैछन् । समूह ‘ई’ मा रहेको रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनबीच आज महाभिडन्त हुनेछ । आज राती नेपाली समय अनुसार ९ः४५ बजे स्लोभाकिया र रोमानिया  र युक्रेन र बेल्जियमबीच खेल हुनेछ ।

समूह ई मा अहिले ३ अंक सहित गोल अन्तरको आधारमा रोमानिया पहिलो स्थानमा छ । ३-३ अंक रहेको बेल्जियम, स्लोभाकिया र युक्रेन क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ ।

युरो कपकै दाबेदार मानिएको बेल्जियमले आफ्नो पहिलो खेल स्लोभाकियासँग १-० ले अप्रत्याशित पराजय बेहोरेको थियो भने दोस्रो खेलमा रोमानियालाई २-० ले पराजित गर्दै ३ अंक हासिल गरेको थियो ।

रोमानियाले पनि आफ्नो पहिलो खेलमा युक्रेनलाई ३-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बेल्जियमसँग २-० ले पराजित भएको थियो ।

युक्रेनले पहिलो खेल रोमानियासँग ३-० ले हारेको थियो । दोस्रो खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले जित निकालेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा युक्रेनसँग १-२ ले हार बेहोरेको थियो ।

सबै टीमको ३-३ अंक भएपछि आज हुने खेल सबै टिमको लागि दोस्रो चरणमा पुग्नको लागि गर या मरको अवस्थामा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *