आस्था राउतको प्रश्न- जवाफ दिन नसके लुगा खोल्नुपर्ने कस्तो फन्डा हो ?
काठमाडौं । गायिका आस्था राउतले कान्तिपुर टिभीको कार्यक्रम ‘इट्स माइ शो’को फर्म्याटलाई लिएर उदेक व्यक्त गरेकी छन् । जवाफ दिन नसके कपडा खोल्नेपर्ने प्रावधानमाथि उनको प्रश्न छ ।
राउतले फेसबुकमा कटाक्ष गर्दै लेखेकी छन्, ‘जवाफ दिन नसके कपडा खोल्नुपर्ने के फण्डा हो यो ? हा… हा… लुगा जबरजस्ती त तान्दैन होला नि ? कस्तो नयाँ फर्म्याट सिर्जना गर्या हो यो शो ले ?’
अन्तरवार्ताहरूमा कसैको निजी जीवनसँग सम्बन्धित प्रश्न भएमा जवाफ थाहा नै भए पनि उत्तर दिनै पर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।
‘कन्ट्रोभर्सी नआउने किसिमले कूटनीतिक जवाफ दिन पनि सकिन्छ । सकेसम्म जवाफ दिन हतार नगरेको राम्रो । सोचेर गर्नु जे गर्नु’, आस्थाले लेखेकी छन् ।
होईन लुगै पो के लगाका थिए र ति तिनैवटीले । छाती ह्वांगै, तिघ्रा ह्वांगै। कलाकारले छाती, नाईटो र तिघ्रा देखाएर परिचित हुने हो कि कला देखाएर ? अनि राष्ट्रिय टेलिभिजनमा प्रश्न गरेको रे ‘को कस्को गर्लफ्रेण्ड’ भनेर । नेपालको कानूनले पनि, समाजले पनि गर्लफ्रेण्ड बोईफ्रेण्ड चिन्दैन, यसले त श्रीमान श्रीमती भनेर मात्र चिन्छ । हुनत यस्ताहरुसित नेपालको कानून र समाजको कुरा के गर्नु , उनीहरु यौटा शब्द नेपाली बोल्दा १० वटा अंग्रेजी शब्द बोलिरहेका थिए । यस्ता पनि नेपाली कलाकार रे । अनि लुगै खोल्न मन भए उनीहरुकै कोठाभित्र बसेर उनीहरुकै को को ‘फ्रेण्ड’को अगाडी खोल्नु नि । किन राष्ट्रिय भनिएको टेलिभिजनमा यो नौटंकी देखाउनु ! अनि यस्तालाई नेपाली कलाकार भनेर मान मनितो दिईरहने हामी पनि उस्तै नि ।