यसरी हेर्नुस् एसईई परीक्षाको नतिजा – Nepal Press

यसरी हेर्नुस् एसईई परीक्षाको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजा सार्वजनिक भइसकेको छ । आज बिहिबार बिहान एसईईकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो ।

एसर्इईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरएको छ ।

पहिलो नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकममार्फत सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ। भने, मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर ‘स्पेस’ अर्थात् खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।

दोस्रो स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५ मार्फत पनि एसइईको नतिजा हेर्न सकिने जनाइएको छ । भने, जानकी टेक्नोलोजीमार्फत ३५००१, इजी सर्भिसमार्फत३४९४९ र आकाश टेकमार्फत ३१००३ मा एसएमएस पठाएर नतिजा हेर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर