एमाले सांसदको प्रस्ताव- लोकल रक्सीको नाम तीनपाने राखेर ब्रान्डिङ गरेर विदेश सप्लाई गरौँ (भिडिओ)
काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले कोदो र चामलबाट बनाइने तीनपाने रक्सीलाई बोतलमै सिलबन्दी गरेर विदेश निर्यात गर्ने प्रस्ताव गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले घरेलु मदिरा खुला गरेकोप्रति धन्यवाद दिइन्।
उनले भनिन्, ‘कोदो खेतीलाई चैते धानलाई जस्तै गरेर देशको हरेक भूभागमा उत्पादनमा जोड दिऔँ। कोदो उत्पादन बढाउन ब्रान्डिङ नै गरौँ। कोदो र चामलबाट बनाइने तीनपाने रक्सीलाई बोतलमा सिलबन्दी गर्ने व्यवस्था गरौँ। र, बोतलमा लेबल नै राखौँ तीनपाने अर्ग्यानिक आदिवासी जनजाति रक्सी भनेर लेबल नै राखौँ र विदेश सप्लाई गरौँ।’
लोकल रक्सी विदेश निर्यात गर्दा देशको अर्थतन्त्र पनि सुधार हुनुका साथै आदिवासीको जनजातिको जीवनस्तर पनि माथि उठ्ने उनको भनाइ छ।