काठमाडौं महानगपालिकाका प्रमुख साह अनुपस्थित भएपछि नगरसभा रोकियो – Nepal Press

काठमाडौं महानगपालिकाका प्रमुख साह अनुपस्थित भएपछि नगरसभा रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अनुपस्थित भएपछि नगर सभा बैठक रोकिएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार बिहान ८ बजे बस्ने भनिएको बैठक प्रमुख साह अनुपस्थित भएपछि बैठक सञ्चालन हुन नसकेको हो ।

नगर सभामा सबै सदस्य उपस्थित भए पनि सभाको अध्यक्षता गर्ने प्रमुख साह नै अनुपस्थित भएपछि सदस्य घर फर्किएका छन् । कुनै पूर्व जानकारी बिना नै प्रमुख साह सभामा अुनपस्थित भएका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले जानकारी दिए ।

शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रममाथी छलफल र पारित गर्ने कार्यसूची रहेको थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले जानकारी दिए ।
उनका अनुसार न्यायिक समितिकोको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *