इण्डोनेसियाको बाली टापुमा साइबर अपराध गर्ने १०३ ताइवानीलाई देश निकाला गरिने
नेपाल प्रेस
२०८१ असार १४ गते १८:०६
काठमाडौं । आसियान मुलुक इण्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा १०३ ताइवानीलाई देश निकाला गर्ने भएको छ । कतारी विश्व च्यानल अलजजिराका अनुसार देश निकाला हुनेहरुमा ९१ पुरुष र १२ महिला छन् ।
प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको भन्दै यसो गर्न लागिएको इण्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया