चक्रपथ विस्तार चाँडो नभए सरकारी गाडी चल्न दिँदैनाैं: प्रदीप पौडेल
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/06/pradeep-poudel-1.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् ।
रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले यो दबाब दिनको लागि यात्रा रहेको बताए ।
‘यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छाैं । त्यो अवस्था नआवस् ।’ उनले भने ।
उनले चिनियाँ राजदुतसँग कुरा गर्दा नेपालले गर्नुपर्ने काम नसकेकाले बाटो विस्तारमा ढिलाइ भइरहेको जवाफ पाएकाे बताए ।
यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने,‘सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।
उनले दबाब यात्राआज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ(बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए ।
काँग्रेस सरकारमा हुँदा चुईक्क बोलेनौ । त्यतिबेला कमिशनमा डुबेमा थियौ होला । अहिले बन्द चयो अनि बरबराएर गाडी चल्न नदिने ? युवा नेताहरू झन् भ्रष्ट र पाखण्डी निस्किए काँग्रेसका ।
तिमी जस्तो तोरिलाउरे नेता के गफ गर्छौ रोकेर देखाउन नत्र के को नाटक
तिमी जस्तो नौटंकी नेता के गफ गर्छौ रोकेर देखाउन नत्र के को नाटक कांग्रेसले २०७७ देखि सत्ता चलाएको बेला के हेरौं २०८० माघ फाल्गुन बाट न हो कांग्रेसले सत्ता मोज गर्न नपाएको