एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे देउवा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् ।
कांग्रेस सभापति देउवा ओली भेट्न शनिबार अपराह्न बालकोट पुगेका हुन् ।
स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएका ओली भेट्न देउवा बालकोट पुगेका थिए । दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा दुइटै पार्टीले बाहिर ल्याउन चाहेका छैनन् ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।
संक्रमणकालीन न्याय (टीआरसी) राजनीतिक सहमतिमै टुंग्याउन प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले छलफल गर्दै आएका छन् । यसैबीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
धितोपत्र बोर्डको अध्यक्षमा आफुले भनेको, आफ्नो मान्छे राख्न प्रचन्ड सहमत नभएपछि अब ओलि बा अर्को तिर साठगाठको तयारि गर्न लागेछन ,गर्नु पर्नेपनि यहि हो, अब