पहिरोले पुरिँदा बालकको मृत्यु
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८१ असार १७ गते ८:५६
![](https://www.nepalpress.com/wp-content/uploads/2024/06/nepalpress-logo-1.jpg)
काँक्रेविहार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।
प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर