मुलुकले खोजेको नेतृत्व र मिसन ८४ को ‘पहिलो पारी’ – Nepal Press

मुलुकले खोजेको नेतृत्व र मिसन ८४ को ‘पहिलो पारी’

यतिबेला मुलुकमा एमाले-कांग्रेसको नयाँ राजनीतिक समीकरण बनेको छ । कुनै खास उथलपुथल भएन भने यही महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बागडोर सम्हाल्नेछन् । केपी ओली समकालीन नेपाली राजनीतिक नेताहरुमध्ये सबैभन्दा बढी ‘भिजनरी’ देखिन्छन् । उनले देशमा समृद्धि र विकासको सपना देखाउँदै आएका छन् । उनी नेतृत्वको नयाँ समीकरणले आमजनतामा उत्साह र आशा बढाउन लागेको छ । यो मुलुकको आवश्यकता र जनताको चाहना दुबै हो ।

नयाँ समीकरणले बढाएको उत्साह

मुलुकमा एमाले-कांग्रेसको नयाँ समीकरणसँगै नयाँ उत्साह पलाएको छ । यसले देशको राजनीतिक अस्थिरतालाई अन्त गर्ने सम्भावना बढाएको छ । यो समीकरण बन्न नदिने अनेकौं चलखेल भने सुरु भइसकेका छन् । तथापि एमाले-कांग्रेसको समीकरण नेपाली जनताले मनले चाहेको र खोजेको समीकरण हो । २०-३० सीटका राजनीतिक दलहरुले खुद्रा पसल थाप्ने र बार्गेनिङ गर्दै मुलुकको अग्रगतिलाई रोक्ने प्रवृत्तिले आमजनता वाक्क भइसकेको अवस्थामा यस्तो समीकरण मुलुकको आवश्यकता हो ।

विगतमा ३२ सीट पाएको तेस्रो दल माओवादी केन्द्रका नेता प्रचण्ड दुई ठूला दल नेपाली कांग्रेस र एमालेलाई पटकपटक प्रयोग गरी लामो समय सरकारको नेतृत्वमा रहे । उनको नेतृत्वमा मुलुकले सकारात्मक गति लिन भने सकेन । बरु मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिँदै गयो ।

संसदमा ८८ सीट पाएको ठूलो दल नेपाली कांग्रेस र ७९ सीट पाएको दोस्रो दल एमालेले किन र कसरी ३२ सीट पाएको तेस्रो दलका प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गरे ? त्यसको अब समीक्षा हुनुपर्छ । अब नयाँ समीकरणले थुप्रै ठाउँमा फेरबदल ल्याउनेछ । समीकरण मुलुकको विकास निर्माण र समृद्धिको कोसेढुङ्गा बन्नुपर्छ ।

राजनीतिक पार्टी र नेतृत्वप्रति फैलाइएका भ्रम

केही समययता नेपालका राजनीतिक पार्टी र तिनका नेतृत्वप्रति अनेकौं प्रश्न उठाइएका छन् । सबै पुराना राजनीतिक दलहरूले जनताको असली प्रतिनिधित्व गर्ने हैसियत गुमाइसके भनेर जबरजस्त भाष्य निर्माण गर्न खोजिँदैछ ।

नेपालमा केही छैन, नेताहरूले सब बिगारिसके, अब मुलुक समृद्ध बन्दैन, बन्नै सक्दैन, तसर्थ विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै तथानाम भ्रम छर्ने प्रयास पनि भइरहेकै छन् । केही पात्रहरूले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

नेपालमा केही छैन, नेताहरूले सब बिगारिसके, अब मुलुक समृद्ध बन्दैन, बन्नै सक्दैन, तसर्थ विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै तथानाम भ्रम छर्ने प्रयास पनि भइरहेकै छन् । केही पात्रहरूले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । आमजनताले व्यवस्थाकै विकल्प खोज्न थालेको अनावश्यक हल्ला फैलाइँदैछ ।

राजनीतिक दलहरूका थोरै कमजोरीलाई औंल्याएर र जनताका केही असन्तुष्टिलाई बहाना बनाएर सडकमा भीड जम्मा गर्ने प्रयास पनि व्यापक मात्रामा भइरहेका छन् । प्रतिगमनकारीहरू पनि सलबलाउन थालेका छन् । समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने प्रयत्न अँध्यारो कोठाबाट गरिँदैछ ।

यतिबेला देशको भविष्य अप्ठेरोमा देखिन्छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले मुलुक आहत भएको छ । चारैतिर असन्तुष्टि, अशान्ति, बेरोजगारी र भ्रष्टाचार बढ्दो छ । युवाहरूको डरलाग्दो विदेश पलायनले देश रित्तिन थालेको छ । उद्योग-व्यापार क्षेत्र झन् झन् धराशायी बन्दैछ । सरकार, न्याय प्रशासन र राजनीतिक नेतृत्वप्रति जनतामा पटक्कै विश्वास छैन । कतिपयले पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छरिरहेका छन् ।

यस्तो विषम परिस्थितिमा नेकपा एमाले आगामी चुनाव २०८४ मा स्पष्ट बहुमत हासिल गर्ने अभियानमा लागेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिँदै नेपाली जनताको दुःखद अवस्थालाई परिवर्तन गर्ने सङ्कल्प बोकेर अगाडि बढेको छ । उसको यो सङ्कल्प र सपना यथार्थमा परिणत हुनु नै मुलुकको आवश्यकता र जनताको चाहना हो । एमाले-कांग्रेसको नयाँ समीकरणले उक्त सङ्कल्प र सपनालाई यथार्थमा परिणत गर्छ कि गर्दैन ? हेर्न बाँकी छ । जनतामा पलाएको यो घोर निराशाजनक अवस्थाको अन्त्य अब हुनु जरुरी छ ।

समृद्धिका सपनाकार केपी ओली

केपी शर्मा ओली मुलुकका सबैभन्दा बढी चर्चित व्यक्तित्व हुन् । मुलुकमा समृद्धिको सपना देखाउने उनी आमजनताका नजरमा अन्य नेताभन्दा लोकप्रिय मानिन्छन् । उनी जनताले चाहेका र मन पराएका व्यक्ति पनि हुन् । समकालीन राजनीतिमा मुलुकले खोजेको र रोजेको नेतृत्व नै उनी हुन् ।

यतिबेला देशको भविष्य अप्ठेरोमा देखिन्छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले मुलुक आहत भएको छ । चारैतिर असन्तुष्टि, अशान्ति, बेरोजगारी र भ्रष्टाचार बढ्दो छ । युवाहरूको डरलाग्दो विदेश पलायनले देश रित्तिन थालेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समकालीन नेपाली राजनीतिक नेतामध्ये सबैभन्दा बढी ‘भिजनरी’ र दूरदर्शी देखिन्छन् । उनमा देशमा केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । उनीभित्र स्पष्ट अडान र दह्रो अठोट पाइन्छ । उनको हुटहुटी र सङ्कल्पलाई यथार्थमा बदल्न सके मुलुकको समृद्धि र सुखी जनताको कल्पना साकार हुने सम्भावना उत्तिकै छ । यसबारेमा अब गहन चिन्तन, विश्लेषण र छलफल गरिनु जरुरी छ ।

जनतामा आशा जगाउन जरुरी

त्यसो त नेकपा एमालेभित्र पनि आन्तरिक र बाह्य दुबै कारणका तमाम समस्या छन् । पार्टीमा साङ्गठनिक, वैचारिक, नीतिगत र व्यवहारिकलगायतका समस्या एकातिर छन् भने पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती बढेका छन् । यस्ता प्रवृत्तिलाई पूर्णतः हटाएर जनताको निराशालाई आशामा बदल्नु अत्यावश्यक छ ।

समकालीन राजनीतिक दलहरुमध्ये तुलनात्मक रुपमा देश विकासको भिजन, सङ्कल्प र प्रयास एमालेसँग बढी देखिन्छ । तुलनात्मक रुपमा नेकपा एमाले राष्ट्रियता र सुशासनको पक्षमा देखिन्छ, विकासको पक्षमा देखिन्छ । मिसन ग्रासरुट र समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न गरेर आएको एमालेले जनताका समस्या चिनेको छ र समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सो प्रतिबद्धता एमालेले नै पूरा गर्नुपर्छ ।

कमजोर एमाले शक्तिशाली बन्दैछ

यतिखेर नेकपा एमाले संंगठन निर्माणमा केन्द्रित छ । एमालेको केन्द्रीय नेतृत्वमा हाल कुनै गुट उपगुट देखिँदैन । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको देशव्यापी अभियानकै कारण यतिखेर एमाले मुलुकको सबैभन्दा बलियो र सशक्त पार्टी बन्न सफल भएको छ । ओलीले २०७७ सालमा प्रतिनिधिसभा विघटन नगरेको भए वा सर्वोच्च अदालतले अलग पार्टी बनाउनुपर्ने निर्णय नगरिदिको भए या नेकपा एमाले नै अस्तित्वमा रहने थिएन या त केपी ओली एमालेका अध्यक्ष बन्न पाउने थिएनन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समकालीन नेपाली राजनीतिक नेतामध्ये सबैभन्दा बढी ‘भिजनरी’ र दूरदर्शी देखिन्छन् । उनमा देशमा केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । उनीभित्र स्पष्ट अडान र दह्रो अठोट पाइन्छ । उनको हुटहुटी र सङ्कल्पलाई यथार्थमा बदल्न सके मुलुकको समृद्धि र सुखी जनताको कल्पना साकार हुने सम्भावना उत्तिकै छ ।

केपी ओली आफैं पटकपटक देशव्यापी दौडाहामा होमिएकाले एमाले विगतभन्दा थप बलियो र शक्तिशाली देखिन्छ । सिङ्गो पार्टीका सबै कार्यकर्ता अध्यक्ष ओलीको नेतृत्वमा एकताबद्ध र सक्रिय देखिएका छन् । शीर्ष तहमा कुनै किसिमको अन्तरद्वन्द्व र सैद्धान्तिक विवाद देखिँदैन । आफ्ना सङ्गठन र कार्यकर्तालाई गतिशील र घुलनशील बनाउन थालेको छ ।

युवाहरूमा राजनीतिक आकर्षण बढ्दो

एमालेले पछिल्लो समयमा पार्टी र जनप्रतिनिधिहरूमा युवाहरूलाई नेतृत्व दिएको देखिन्छ । राजनीतिक नेतृत्व निर्माणमा उनीहरुको सहभागिता र जिम्मेबारीमा बढी महत्व दिएको देखिन्छ । सायद यसैकारण हुनसक्छ, विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षित युवा पुस्ता यतिखेर नेकपा एमाले र केपी शर्मा ओलीप्रति नजिक देखिन थालेका छन् ।

राजनीतिमा वृद्ध नेताहरूको हालीमुहाली भएकाले युवाहरू विदेशमा गएर खुन-पसिना बगाउनुपरेको यथार्थलाई बुझेर उनीहरु राजनीतिमा आउन थालेका छन् । उनीहरूको मनोविज्ञान नेकपा एमाले नजिक पाइन्छ । युवाहरूले अवसर नपाउँदा पलायन हुनुपरेकोप्रति एमालेले गम्भीर चिन्ता र चासो राखेको छ । यसर्थ पनि युवा जगत यतिखेर एमाले र अध्यक्ष केपी शर्मा ओलीबाट आशावादी देखिन्छन् ।

यसर्थ अब जनताको निराशालाई आशामा बदल्न जरुरी छ । मुलुकका सङ्कल्प र सपनालाई यथार्थमा परिणत गर्नु अहिले अपरिहार्य आवश्यक छ । समृद्धिका संवाहकको नेतृत्वमा मात्र मुलुक समृद्ध र जनता सुखी बन्न सक्छन् । मुलुकले खोजेको र राजेको नेतृत्व यस्तै हो ।


प्रतिक्रिया

One thought on “मुलुकले खोजेको नेतृत्व र मिसन ८४ को ‘पहिलो पारी’

  1. अब बन्नलागेको सरकारमा जनताको अपेक्षा अनुसार नेतृत्वले काम गरोस् शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *