पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा – Nepal Press

पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडाैं। पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

छैटौं पटक सेमिफाइनल प्रवेशको क्रममा फ्रान्सले यो पटक पेनाल्टी सुट आउटको साहारा लिन पर्यो ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलमा पेनाल्टी सुटआउट बाट नतिजा निक्लेको हो । फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो ।

यो सँगै दोश्रो पटक युरो जितेर सुखद विदाइ लिने रोनाल्डोको सपना साकार हुन सकेन । युरो २०२४ उनको अन्तिम ठूलो प्रतियोगिता हुने अनुमान गरिएको छ ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने र गोल गर्ने खेलाडी पनि हुन् ।

युरो कपको सेमिफाइनलमा अब स्पेन र फ्रान्स भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *