आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा – Nepal Press

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । युरो कप २०२४ को निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ ।

स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धा र रोमाञ्चले भरिपूर्ण खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए तर ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । नियमित समयसम्म खेल बराबरिमा गएपछी अतिरिक्त समयमा खेल पुग्यो ।

अतिरिक्त समयमा पनि खेलमा नतिजा ननिस्कने देखिदै थियो तर ११९ मिनेट अर्थात अतिरिक्त समयको पनि अन्तिम मिनेटमा स्पेनले गोल गर्यो ।

उसको लागि मिकेल मोरिनोले गोल गर्दै घरेलु टोलीलाई निराश बनाउँदै अविजित रुपमा युरो २०२४ को सेमिफाइनल पुग्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *