कर्णाली राजमार्ग अवरुद्ध – Nepal Press

कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालिकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

उनका अनुसार कालिकोटको शुभकालिका गाउँपालिकाको गगनेखोला, खाडाँचक्र नगरपालिका(२ को सेरिघाट र खाडाचक्र नगरपालिका(४ को छेकामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक खुल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नेपाली बताए । ‘उक्त ठाउँमा नेपाल प्रहरी र स्काभेटरले काम गरिरहेको छ’ उनले भने,‘ गगनेखोलामा ठूला ढुङगा खसी रहेकोले राजमार्ग खुलाउन सकिएको छैन् ।’

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर