राप्ती नदीको बाढीमा फसेकामध्ये एक जना बेपत्ता, दुई जनाको सकुशल उद्धार – Nepal Press

राप्ती नदीको बाढीमा फसेकामध्ये एक जना बेपत्ता, दुई जनाको सकुशल उद्धार

रूपन्देही । दाङको लमही नगरपालिका-७ हस्नापुर स्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका-२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर-२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ वर्षीय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर