मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ) – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेका बताएका छन् ।

जनमत पार्टीका सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सत्ता समीकरण उलटफेर भएपछि उनले आज माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मन्त्रीहरुलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन गएका मुख्यमन्त्री सिंहले भने, ‘नयाँ सत्ता समीकरण अनुसार चार दलका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थिए । उहाँहरुले बर्खास्त नै गरिदिनुस् भन्नुभो । त्यसपछि सहमतिमै बर्खास्त गरेको हुँ ।’

ुसरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरु पूर्णरुपमा सहयोग गर्नु भएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’

उनले अब नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्ने जानकारी दिए । स्रोतका अनुसार कांग्रेस र लोसपालाई आजै सरकारमा सहभागी गराउने उनको तयारी छ । उनी आज विश्वासको मत पनि लिदैछन् ।


प्रतिक्रिया

One thought on “मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)

  1. धेरै चुरीफुरी भयो माननीयज्यू, यस्तो शब्द बोल्नु, त्यो पदको मान हानी हो । माननीयको हैसियत नबुझ्नु भन्ने बुझिन्छ । भएको केही छैन, र अब हुने पनि केही होइन । यही अंकगणितमा ०८४ सम्म केही हुनेवाला छैन । ०८४ पछि पनि जनताले दिएको म्यान्डेटको आधारमा के हुन्छ, तर तपाई माननीय हुनुको हैसियत, पार्टी युवा कार्यकर्ताहरुलाई समेत लाज लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर